दुई वटा विश्व युद्धलाई हराएकी महिलाले कोरोनालाई हराउन सकिनन्

काठमाडौं । कोरोना भाइरसका कारण ब्रिटेनकी सबैभन्दा वृद्ध महिलाको मृत्यु भएको छ । दुई वटा विश्वयुद्ध र स्पेनिश फ्लूको प्रकोपलाई हराएकी १०८ वर्षीया उक्त वृद्धा कोरोना भाइरस संक्रमित भएको केहि घण्टामै मृत्यु भएको हो ।

लण्डन स्थित मेट्रो पत्रिकाले शनिवार छापेको आफ्नो रिपोर्टका अनुसार हिल्डा चर्चिल नामकी ति वृद्धाले ग्रेटर म्यानचेस्टरको केनफोर्ड लज होममा एक हप्ताभन्दा धेरै आफूलाई होम आइसोलेट गरेकी थिइन् ।

त्यसबेला उनलाई कोरोनाका साधारण लक्षण मात्र देखा परेका थिए । ति महिलाको आफ्नो १०९ औँ जन्मदिन ५ अप्रिलमा आउँदै थियो ।

महिलाका परिवार उनको १०९ ओँ जन्मदिन मनाउने प्रतिक्षामा बसिरहेका थिए । तर शनिवार विहान उनको निधन भएको हो ।

मेट्रो पत्रिकाले उनका नातीसँग कुरा गरेको आधारमा यो रिपोर्ट तयार पारेको बताएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ३१ हजार ७ सय ४६ जनाको मृत्यु भईसकेको छ ।

साथै ६ लाख ७७ हजार ९ सय ३८ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै कोरोनाका कारण स्पेनमा अहिलेसम्म६हजार ५ सय २८ जनाको ज्यान गएको छ भने ७८ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण देखा परेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?