घट्टामा लगेर १३ वर्षीया बालिकाको बलात्कार

काठमाडौं । १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खत्याड गाउँपालिका ४ जिउकाका २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रावलले बालिकालाई नजिकैको पानीबाट चल्ने घट्टामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?