सांसद महतोद्वारा कोरोना महामारी नियन्त्रणका लागि १ करोड दिने घोषणा

एसपी यादव / सर्लाही। कोरोना भाइरसको महामारी नियन्त्रण तथा सम्भावित संक्रमणलाई रोकथाम गर्नका लागी एक करोड रुपैयाँ सहयोग गर्ने सर्लाही निर्वाचन क्षेत्र नम्बर १ (क) बाट राजपा नेपालको तर्फबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद उपेन्द्र महतोले घोषणा गरेका छन् ।

प्रदेश नं. २ सरकारद्वारा गठित राहत कोषमा उनले आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ रुपैयाँ दिने जानकारी गराए ।

सांसद महतोले भने, यसका लागी प्रदेश सरकारले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ, र मैले प्रदेश सरकार संग कार्यविधि संशोधन गर्ने माग समेत गरिसकेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?