५२ हजार बढीमा कोरोना सङ्क्रमण हुँदा पनि ट्रम्प भन्छन्,”न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन”

काठमाडौं । राष्ट्रपति ट्रम्पलले कोभिड-१९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारेन्टाइन गर्न सकिने बताएका थिए । तर पछि उनले त्यसो गरेनन् । ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सिफारिसमा उक्त निर्णय लिइएको उनले बताए ।

अमेरिकामा न्यूयोर्क महामारीबाट अतिप्रभावित राज्य हो। त्यहाँ मात्रै ५२,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

ट्रम्पले ट्विटरबाट सेन्टर्ज फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले बलियो ट्र्याभल एड्भाईजरीू जारी गरिने घोषणा गरेपछि सीडीसीले ती तीन राज्यका सर्वसाधारणलाई १४ दिन अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एउटा विज्ञप्ति प्रकाशित गर्‍यो । तर उक्त व्यवस्था स्वास्थ्यकर्मी र खाद्यसामग्री उपलब्ध गराउने व्यक्तिसहित गम्भीर प्रकृतिको सेवा प्रदान गर्नेहरूलाई लागु हुनेछैन ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका हुन् । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए । तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गरेका छन् । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रा सम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।” त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ ।

संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।

त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० हजार ९ सय पुगेको छ । हालसम्म कोरोना भाइरसबाट विश्वभर ६ लाख ६५ हजार २ सय ९५ जना संक्रमित भइसकेको वर्ड मिटरको तथ्यांक छ ।

आइतबार बिहानसम्ममा इटलीमा १० हजार २३ जनाको मृत्यु भइसकेको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु इटलीमा भएको छ । स्पेनमा ५ हजार ९८२ बढीको मृत्यु भइसकेको छ भने फ्रान्स र इरानमा पनि मृत्यु हुनेको संख्या दुई हजार नाघेको देखिएको छ ।

एशियाका चीन र ईरानमा सबैभन्दा धेरैको मृत्यु

एशियामा चीन अझै पनि भाइरसबाट धेरै नोक्सा नझेल्नेवाला देशको सूचीमा अग्र स्थानमा छ । चीनमा अहिले भाइरसका रोगीहरु कम हुँदै गएको बताइएको छ ।

चीनमा ८१ हजार ४ सय ३९ जनामा कोरोनाका संक्रमणहरु देखा परेका छन् भने भाइरसबाट अहिलेसम्म ३३ सय जनाको मृत्यु भएको छ । त्यसपछि भने ईरानमा अहिलेसम्म ३५ हजार ४ सय ८ जनामा कोरोनाका संक्रमितहरु पाइएका छन् भने महामारीका कारण २५ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा कोरोनाका संक्रमितहरु १४ सय ९५ रहेका छन् भने महामारीबाट १२ जनाकाृ ज्यान गएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट २४ जनाको ज्यान गएको छ भने ९ सय ८७ जना भाइरसको चपेटामा परेका छन् । नेपालमा भने कोरोनाका अहिलेसम्म ५ जना संक्रमित फेला परेका छन् । भाइरसको महामारी अहिलेसम्म विश्वका १९९ वटा देशमा पुगिसकेको छ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु रहेका छन् । एजेन्सी

यो पनि पढ्नुहोस् : कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ९०० पुग्यो, कति छन् संक्रमित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?