कोरोनाको डरले ८० कैदीबन्दी जेल तोडेर फरार

काठमाडौं । ईरानको कुर्दीस्तान प्रान्तको एक जेलबाट कोरोना महामारीको डरका कारण ८० कैदीबन्दी फरार भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साक्वेज शहरको जेलमा ८० कैदीबन्दीहरु जेल फोरेर भागेका हुन् । कोरोनाको महामारीसँग लड्नको लागि मानिसहरु बिभिन्न उपायहरु अपनाइरहेका छन् ।

कोरोनाको कारण इरासहित सारा विश्वमा हाहाकार मच्चिएको छ । ईरानी सरकारले सबैलाई सोसल डिस्टेन्सिङ अपनाउन अनुरोध गरेको छ । तर ईरानी केहि नागरिकहरुले भने नियमको पालना गर्न अटेर गरि नै रहेका छन् ।

ईरानको जेलबाट कोरोनाको महामारीले नै कैदीबन्दीहरु यसरी जेल तोडेरै भागिरहेका हुन् । यो भन्दा अगाडि ईरान सरकारले कोरोनाको महामारीबाट बच्न ८५ हजार कैदीबन्दीर्ला जेलबाट रिहा गरेको थियो ।

ईरान पनि कोरोना भाइरसबाट अत्याधिक प्रभावित देश हो । कोराना प्रभावित देशमध्ये एशिया महाद्वीपमै चीन पछि ईरानकै नाम आउँछ ।

ईरानमा अहिलेसम्म ३५ हजार ४ सय ८ जना कोरोनाका संक्रमितहरु रहेका छन् । साथै महामारीका कारण अहिलेसम्म ईरानमा २ हजार ५ सय १७ जनाले ज्यान गुमाईसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?