लकडाउनमा खटिएका बैंकका कर्मचारीलाइ ‘इन्सेन्टिभ’ दिने प्रस्ताव

काठमाडौं । मंगलबारदेखि जारी लकडाउनका बावजुत बैंक तथा वित्तीय संस्थाहरुका केही निश्चित शाखा खुल्ला छन् ।

यसको लागि सुचना प्रविधि लगायत अप्रेसन का कर्मचारीहरु जोखिम मोलेरै भए पनि सेवा प्रदान गर्दै आएका छन् । यस्ता कर्मचारीहरुलाई ‘इन्सेन्टिभ’ दिन बैंकर्स संघले प्रस्ताव गरेको छ।

बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुसँग शुक्रबारसम्मको कर्मचारी डिप्लोम्याटको विवरण मागेको छ । र संघले यसैको आधारमा बैंकर्स संघले ‘इन्सेन्टिभ’ को अनुरोध उपर छलफल अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?