लकडाउनको छैटौं दिन यस्तो देखियो काठमाडौं

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गरेको छ । लकडाउनको छैटौं दिन काठमाडौं सुनसान देखिएको छ । सधैँजसो भिडभाड हुने काठमाडौं अहिले सुनसान बनेको छ ।

त्यस्तै, अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने काठमाडौंका सडकहरु सुनसान भएका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र देखिएको छ । विभिन्न ठाँउमा कोरोनाको आशंकामा मानिसहरु अस्पताल भर्ना भइरहेको समाचारले मानिसहरु त्रसित भइ आफुलाई घरभित्र नै सिमीत गरेका छन् । भने कति मानिसहरु बाहिर हिडिरहेको र प्रहरीले नियन्त्रणमा लिएको समाचार आइरहेको छ ।
हामीले काठमाडौंको नाका नागढुंगा, कलंकी,जमल दरवारमार्गको दृश्य लोकपथको लेन्समा कैद गरेका छौं ।

सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ । विकसित मूलुकहरुले पनि यो नीति अपनाएका छन् । तर केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? यो हविगत हामीले व्यहोर्नु पर्यो भने ? त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।

लकडाउनको बेला यस्तो देखियो काठमाडौं :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?