लकडाउन अवधीभर गरिब मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

जनकपुर । प्रदेश नम्बर २को सरकारले लक डाउन अवधीभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आईतवार बसेको मन्त्री परिषदको बैठकबाट लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारले व्यवस्था गर्न लागेको छ ।

यसको व्यवस्थापन स्थानीय तहसंग समन्वय गरेर तत्कालको लागि बिरगंज महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जानकारी दिए ।

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरि कार्यविधि बनाइएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।

सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो ।

सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु ,कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका संसद शत्रुधन महतो, संसद
किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?