अर्थमन्त्रीले राहतका कार्यक्रम पेश गर्दै, सर्वसाधारण, गरिव निमुखादेखि व्यवसायीसम्म प्रतिक्षामा

काठमाडौं । सरकारले कोरोना प्रभावितहरुका लागि राहतको कार्यक्रम घोषणा तयारी गरेको छ ।

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राहतका कार्यक्रम स्वीकृतिका लागि पेश गर्ने बताइएको छ ।कोरोना भाइरसका कारण देश गत मंगलबारदेखि लकडाउनमा रहँदा सामान्य जीवनयापनदेखि उद्योग व्यवसाय ठप्पप्राय छन् ।

अब के हुन्छ ? सबैको चिन्ताको विषय यही नै छ । नगद या खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव अर्थमन्त्रीले गर्नु पर्ने विज्ञहरुले जोड दिँदै आएका छन् । यसको साथै देशको पर्यटन उद्योग व्यापार लगायत सम्पर्ण क्षेत्रमा राहत प्रदान गर्नु पर्ने चुनौती पनि अर्थमन्त्री खतिवडा सामु रहेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले अहिले सरकारले उद्योग बाणिज्य क्षेत्रका लागि शर्ट टर्म राहत प्रदान गर्नुपर्नेमा जोड दिए । लोकपथसँग कुरा गर्दै उनले तत्कालका लागि सरकारले
यतिमात्रै गरेमात्र गरेपनि ठूलो राहत मिल्ने उनले बताए ।

यस्तै लोन रिसेडिउलिङ्ग र बैंक ब्याज दरलाई ३ देखि ४ प्रतिशत सम्म घटाउने सके पनि केहि राहत हुने उनको भनाइ छ । कोरोनाले अर्थतन्त्र र उद्योग व्यापार लगायत सम्पूर्ण क्षेत्रमा कस्तो प्रभाव पर्ने हो त्यसको पूर्ण मूल्यांकन गर्ने अवस्था नभएको हुँदा शर्ट टर्म राहत उपयक्त हुने अध्यक्ष मोरको तर्क छ ।

अध्यक्ष मोरले भने, ‘सरकारले सम्पूर्ण शक्ति सर्वसाधरण जनतालाई राहत प्रदान गर्न लगाउनु पर्छ, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई पनि सरकारले सदुपयोग गर्न सक्नु पर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो एक् बजेपछि कोरोना रोकथाम विशेष उच्चस्तरीय समितिको बैठक बस्ने र त्यसपछि ४ बजे मनित्तपरिषद् बैठक बस्ने तयारी भएको लोकपथलाई बताए ।

उनले लकडाउन र कोरोनाको प्रभावबाट सम्पूर्ण जनतालाइ कसरी उकास्ने भन्नेमा नै सरकारको पहिलो प्राथमिकता रहेको बताए । यो नियमित बैठक हो तर परिस्थिति हेरेर देश र जनताकै हितमा सरकारले कार्यक्रम ल्याउने थाले बताए ।
विश्वका धेरै देशले आफ्ना नागरिकलाई राहत घोषणा गरिसक्दा नेपाल सरकारले कुनै ठोस कदम नचालेको भनेर आलोचना हुँदै आएको थियो । आइतबार अर्थमन्त्री डा युवराज खतिवडाले कस्तो राहत प्याकेज लाउलान् भन्नेमा सबैको ध्यान उनीतर्फ सोझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?