कोरोना भाइरस : इटालीमा ९२ हजार धेरै संक्रमित, विश्वमा कति पुग्यो मृतकको संख्या ?

काठमाडौं । सन् २०२० इटालीका लागि सबै भन्दा भयानक र अनिष्ट वर्षको रुपमा सिद्ध भईसकेको छ ।

इटालीमा खतरनाक कोरोना भाइरसका कारण अहिलेसम्म १० हजार २३ जनाको मृत्यु भईसकेको छ भने ९२ हजार ४ सय ७२ जना कोरोनाका संक्रमित रहेका छन् ।

त्यस्तै सारा विश्वमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ८ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ६३ हजार ९ सय २८ रहेको छ । सबैभन्दा खरब अवस्था भने युरोपमा रहेको छ ।

युरोप अवस्था सबैभन्दा नाजुक

इटाली बाहेक युरोपमा सबैभन्दा धेरै कोरोनाको महामारी झेल्ने देश स्पेन रहेको छ । स्पेनमा अहिलेसम्म ५ हजार ९ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने, ७३ हजार २ सय ३५ जनामा यसको संक्रमण देखा परेको छ ।

स्पेनमा सबैभन्दा नराम्रो केरोनाको असर मड्रिडमा परेको छ । मड्रिडमा एउटा मेकसिफ्ट शवगृह बनाउन आवश्यक बनिसकेको छ ।

त्यस्तै जर्मनीमा अहिले सम्म महामारी भाइरसका कारण ४ सय ३३ जनाले ज्यान गुमाएका छन् भने ५७ हजार ६सय ९५ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

त्यस्तै फ्रान्समा कोरोनाका कारण अहिलेसम्म २ हजार ३ सय १४ जनाले ज्यान गुमाइसकेका छन् । साथै ३७ हजार ५ सय ७५ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै इंग्ल्याण्डमा भाइरसका १७ हजार ८९ संक्रमितरु छन् भने महामारीका कारण १ हजार १९ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै नेदरल्याण्डमा भाइरसका कारण ६३९ जनाले ज्यान गुमाएका छन् भने ९ हजार ७ सय ६२ जनामा कोरोना पोजिटिभ पाइएको छ ।

एशियाका चीन र ईरानमा सबैभन्दा धेरैको मृत्यु

एशियामा चीन अझै पनि भाइरसबाट धेरै नोक्सा नझेल्नेवाला देशको सूचीमा अग्र स्थानमा छ । चीनमा अहिले भाइरसका रोगीहरु क्म हुँदै गएको बताइएको छ ।

चीनमा ८१ हजार ४ सय ३९ जनामा कोरोनाका संक्रमणहरु देखा परेका छन् भने भाइरसबाट अहिलेसम्म ३३ सय जनाको मृत्यु भएको छ ।

त्यसपछि भने ईरानमा अहिलेसम्म ३५ हजार ४ सय ८ जनामा कोरोनाका संक्रमितहरु पाइएका छन् भने महामारीका कारण २५ सय १७ जनाको मृत्यु भएको छ ।

त्यस्तै पाकिस्तानमा कोरोनाका संक्रमितहरु १४ सय ९५ रहेका छन् भने महामारीबाट १२ जनाकाृ ज्यान गएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट २४ जनाको ज्यान गएको छ भने ९ सय ८७ जना भाइरसको चपेटामा परेका छन् । नेपालमा भने कोरोनाका अहिलेसम्म ५ जना संक्रमित फेला परेका छन् ।

भाइरसको महामारी अहिलेसम्म विश्वका १९९ वटा देशमा पुगिसकेको छ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु रहेका छन् ।

अमेरिकामा अहिलेसम्म १ लाख २३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सक्रमण देखा परेको छ । साथै भाइरसको महामारीको चपेटामा परेर अहिलेसम्म अमेरिकामा २ हजार २ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?