बिहानै लकडाउन उल्लंघन गर्ने १४ सयलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले काठमाडौं उपत्यकाबाट आइतबार बिहानदेखि १४ सय भन्दा बढी लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

ज्ञवालीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ । अन्य ७ सय ४० जना भने प्रहरीको नियन्त्रणमै भएको एसएसपी ज्ञवालीको भनाइ छ । प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सबै नागरिकसमक्ष आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?