सरकारमा लाज छोप्ने प्रवृत्ति देखियो: शिव हुमागाँई

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिक तथा ट्रेड युनियन विभागले नेपालमा पहिलो व्यक्ति संक्रमित भएको दुई महिना बितिसक्दा पनि सरकारी तयारी अति सुस्त र लाज छोप्ने प्रवृत्तिको मात्रै भएको आरोप लगाएको छ ।

युनियनका संयोजक शिव प्रसाद हुमागाँईले एक विज्ञप्ति जारी गर्दै यसले नेपाली नागरिकप्रति घोर अपमान र जनताप्रतिको गैरजवाफदेहिताको नमुना भएको प्रष्ट भएको आरोप लगाएका छन् ।

यस्तो विषय परिस्थितिमा जनताप्रति जिम्मेवार रुपमा प्रस्तुत आग्रह गर्दै उनले सरकारलाई विभिन्न ८ बुँदे सुझाव पनि दिएका छन् ।

जसमा महामारीविरुद्ध राष्ट्रिय महाभियान घोषणा गरी आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुका साथै जोहो गर्नुपर्ने, मेडिकल टीमलाई पीपीईका साथै आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने,सबै जिल्लामा कोरोना परीक्षण हुनु पर्ने लगयायतको सुझाव दिइएको छ ।

अहिलेको अवस्थामा स्वास्थ्यमन्त्री तत्काल रोग नियन्त्रणमा जुट्नुपर्ने भन्दै त्यसो हुन नसके मार्गप्रशस्त गर्नुपर्ने युनियनले जनाएको छ ।

यस्तै अहिलेको अवस्थामा समस्यामा परेका श्रमिकलाई राज्यले उद्दार र राहतमा ध्यान दिनुपर्नेमा पनि विज्ञप्तिमार्फत जोड दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?