मन्त्रीको जमानीमा चीन उड्यो विमान : विमानस्थलमा नयाँ नाटक !

काठमाडौं । स्वास्थ्य मन्त्रालयको अर्डरअनुसार अत्यावश्यक स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको आरए ४१७१ विमान चीनको ग्वान्जाउ शनिवार उडेको छ ।

यसलाई उडाउन नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफ्नै जमानी बस्नु पर्ने नाटकीय घटना अहिले चर्चा मा रहेको छ ।

चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री ल्याउन उडेको यो विमान आन्तिम समयमा १ लाख ५३ हजार अमेरिकी डलरको चार्टर विमानको भाडा बिल सम्बधि लफडामा रुमलिनु परेको थियो ।

नेपाल एयरलाइन्सले बिल स्वास्थ्य मन्त्रालयमा पठायो, तर स्वास्थ्य मन्त्रालयले अहिले यो रकम तिर्न नसकिने भनेपछि एउटा नयाँ नाटकको मञ्चन शुरु भयो ।

काम कुरो एक तिर कुम्लो बोकी ठिमी तिर भने जस्तै यो अन्तर सरकारी संयन्त्रको द्वन्द्वको अन्त्य संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफैँ जमानी बसेर गरे र अन्ततः विमान उड्यो ।

देश संकटमा रहेको बेला राज्यले आफैँ चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री ल्याउन पठाउन लागेको विमानमा समेत यत्रो नाटक मञ्चन सायद हाम्रै देश नेपालमा हुन्छ ।

विचरा मन्त्रि के गरुन्, जमानी बसेर भएपनि विमान उडाइ छोडे, यो राम्रो कुरा हो, तर प्रश्न के हो भने त्यसो भए नेपाल एयरलाइन्सले कुन कानूनी आधारमा मन्त्रिको जमानी लाई मान्यो त ? अथवा जानी जानी मन्त्रिलाई गाल्ने प्रपञ्च थियो यो ?

देशमा संकट बिस्तारै बिस्तारै मडारिँदै छ,अब समयमै सरकारले संकटकालिन उपाय र एकद्वार प्रणाली नलगाउने हो भने यस्तै नाटक नै नाटकमा कोरोना भाइरस ले ताण्डव देखाउन सक्छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज दिनभर आफैँ विमानस्थलमै उपस्थित भएर अन्य उडानलाई पनि सहज तुल्याउनु भयो यो राम्रो कुरा हो तर यो समय मन्त्रि गाल्ने अथवा निकाय निकायबीच द्वन्द्व गर्ने होइन देशलाई संभावित संकटबाट जोगाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?