खुसीको खबर : अब कोरोना भाइरस लागे नलागेको मात्र ५ मिनेटमा थाहा पाइने, ल्याबको यस्तो दाबी

काठमाडौं । कोरोना भाइरसको आतंकले सारा विश्व नै त्रसित छ । त्यसैले भाइरसबाट बच्नको लागि बिभिन्न देशहरुले बच्ने तरिकाहरु खोजीरहेका छन् ।

यसैबीच अमेरिकाको एक ल्याबले एउटा किट बनाएको छ । जसबाट अब भाइरस परिक्षणको रिपोर्ट पाउनका लागि २४ कुर्नु नपर्ने भएको छ ।

यस किटको मद्दतबाट मात्र ५ मिनेटमै कसैलाई कोरोना छ वा छैन भन्ने कुरा पत्ता लाग्ने छ । कोरोनाको यस नयाँ टेस्टिङ किटलाई एबोट नामको अमेरिकी ल्याबले तयार गरेको हो ।

यो एउटा पोर्टेबल टेस्ट किट हो । जसको सहयोगबाट मात्र ५ मिनेटमै कोरोना भाइरसको टेस्टको जानकारी पाउन सकिन्छ ।

यस बारेमा जानकारी एबोटले स्वयं ट्वीट गर्दै दिएको हो । अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले यो किटलाई प्रयोग गर्नका लागि स्विकृति पनि दिएको छ ।

अब आउने हप्ता देखि यो किट अस्पतालमा उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार यो किट एक टोस्टर समान रहेको छ ।

यो किटमा मलिकुलर टेक्नोलोजीको प्रयोग गरिएको छ । यो टेस्ट किटले मात्र ५ मिनेटमा पोजेटिभ र १३ मिनेटमा नेगेटिभको रिजल्ट दिन सक्दछ ।

एबोट कम्पनीका अध्यक्ष र मुख्य परिचालन अधिकारी रोबर्ट फोर्डले भने, कोविड १९ महामारी केहि मोर्चामा लड्नेछ, जसमा यो पोर्टेबल आणविक परिक्षण पनि सहयोगी हुनेछ, जसले केहि मिनेटमै परिणम दिन्छ । अहिलेसम्म टेस्टको रिपोर्ट आउन २४ घण्टा लाग्ने गर्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?