अब राजधानी बाहिर पनि कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण शनिबारदेखि प्रदेश १ को धरानबाट पनि सुरु भएको छ । यसअघि काठमाडौको टेकुमा मात्रै परीक्षण हुँदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्न् ।

उनका अनुसार शनिबारसम्म ८७५ जनाको परीक्षण भएको र थप ३२ जनाको परीक्षण भइरहेकाले आजैबाट परीक्षण संख्या ९ सय क्रस हुने बताए । त्यस्तै १११५ र ११३३ गरी निःशुल्क कल सेन्टर पनि सञ्चालनमा ल्याएको बताए ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?