राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण

पोखरा, २१ माघ – यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पोखरास्थित लोक सेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयलाई मतदान केन्द्र निर्धारण गरिएको छ राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्देशनालयभित्र दुईवटा मतदान केन्द्र बनाइएको जानकारी दिँदै क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले यस प्रदेशमा कुल मतदाताको संख्या २३० जना रहेको जानकारी दिनुभयो एउटा मतदान केन्द्रमा यस प्रदेशका ६० जना सदस्य र अर्को मतदान केन्द्रमा गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख गरी १७० जनाले मतदान गर्नेछन् यस प्रदेशमा खुल्लातर्फ तीन, महिला तीन, दलित र अपाङ्गबाट एक÷एक राष्ट्रियसभा सदस्य निर्वाचित हुनुपर्नेमा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको कार्यक्रम रहेको सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?