काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा आइसोलेशनमा बसेका युवक घर फर्किएका छन् । कोरोनाको आशंकामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका युवकलाई शनिबार अस्पतालले घर फिर्ता गरेको हो ।
भारतको तेलंगना राज्यमा काम गर्दै आएका युवक केही हप्ता पहिले आफ्नो ठाउँ डोटी आएका थिए । तेलंगनामा कोरोना भाइरसको संक्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएपछि कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।
आइसोलेसन वार्डमा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौं पठाएको थियो । टेकु अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि गरेपछि उनलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया