एनआइसी एशिया बैंक र मेरो किरानाबीच सम्झौताः अनलाईनबाट सामान किन्दा १० प्रतिशत छुट !

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउनमा रहेका ग्राहकहरुका लागि डिजिटल माध्ययमबाट सेवा प्रदान गर्ने भएको छ । जस अन्तर्गत मेरो किरानाबाट बैंककोे डिजिटल सेवा प्रयोग गरी सामान किन्दा १० प्रतिशत रकम फिर्ता गर्ने भएको छ ।

एन आई सी एशिया बैंकका ग्राहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको बैंकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने सक्नेछन् ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ।

एनआईसीले हाल मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?