कोरोना भयावह : घर बसेका मानिसको रोजाइमा नेटफ्लिक्स

काठमाडौं । कोरोनाले निम्त्याएको लकडाउन र सबै मानिस घरभित्र बसिरहेको अहिलेको समयमा, नेटफ्लिक्स धेरै मानिसको लागि मनोरञ्जनको माध्यम बनेको छ । वित्तीय तथ्यांकले देखाउँदछ कि नेटफ्लिक्स विश्वव्यापी लकडाउनको समयमा फस्टाउन सक्छ र यसले वेब स्त्रीमिङ्ग क्षेत्रमा नेटफ्लिक्सको नेतृत्व बढाउन सक्छ ।

३२० प्रति सेयर भएको नेटफ्लिक्स गत महिना जम्मा १७ प्रतिशतले डाउन भएको थियो । नेटफ्लिक्स कोरोनाले आक्रान्त क्षेत्रहरुमा धेरै डाउनलोड भैरहेको तथ्यांकले देखाउछ । नेटफ्लिक्सको बिशाल लाइब्ररि र मनोरञ्जनात्मक वेब सिरिजहरुका कारण यसलाई धेरै रुचाईएको हो ।

blackAF, NAILED IT!, Middleditch & Schwartz, Ryan Murphy’s Hollywood, Octavia Spencer’s Self Made, Unorthodox र The third season of Ozark  प्रिमियरक लागि रेडी भएका कारण पनि सर्वासधरमा नेटफ्लिक्सको क्रेज रहेको छ ।

नेपालबाट सिधै डिजिटल भुक्तानी गर्न नपाईएपनि मानिसहरुले विदेशमा रहेका आफन्त मार्फत एसको सब्स्क्रिप्सन खरिद गरि नेटफ्लिक्स चलाउने र मनोरन्जनात्मक सामग्री हेर्ने गरेको पाईएको छ । विश्वव्यापी रुपमै एकैचोटी थुप्रै मनिसहरु घरभित्रै समय बिताईरहेको अहिलेको समयमा नेटफ्लिक्स धेरैको साथी बनेको छ ।

कोरोना महामारीको प्रभाव सकिने बेलासम्ममा नेटफ्लिक्स विश्वको नम्बर १ वेब स्त्रिमिंग एप नबन्ला भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?