लकडाउनको चौथो दिन यस्तो देखियो चितवन (फोटोफिचर)

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गरेको छ । लकडाउनको चौथो दिन चितवन सुनसान देखिएको छ । सधैँजसो भिडभाड हुने चितवन अहिले सुनसान बनेको छ ।

त्यस्तै अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने चितवनका सडकहरु सुनसान भएका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र देखिएको छ । विभिन्न ठाँउमा कोरोनाको आशंकामा मानिसहरु अस्पताल भर्ना भइरहेको समाचारले मानिसहरु त्रसित भइ आफुलाई घरभित्र नै सिमीत गरेका छन् । भने कति मानिसहरु बाहिर हिडिरहेको र प्रहरीले नियन्त्रणमा लिएको समाचार आइरहेको छ ।

तर, केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? यो हविगत हामीले व्यहोर्नु पर्यो भने ? त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।

फोटो :

 

 

लकडाउनमा के – के हुनेछन् ?

अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु रहनेछन्

आन्तरिक आपूर्ति व्यवस्था नियमित हुनेछन् । त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।

एम्बुलेन्स तयारी हुनेछन् ।

अस्पतालमा विशेष तयारी हुनेछ ।

अग्नी नियन्त्रक अलर्टमा बस्नेछन् ।

सुरक्षा निकाय तयारी अवस्थामा छन् ।

खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति हुनेछन् ।

अत्यावश्यकीय वस्तु : नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।

नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।

खाद्य पदार्थ अन्तर्गत

  • चामल (मसिनो, मोटा)
  • मकै
  • चिउरा
  • गहुँ, मैदा र पिठो
  • दाल (रहर र मास)
  • नुन,
  • चिनी,
  • चिया
  • खाने तेल (तोरी, भटमास)
  • घ्यू (वनस्पतिसमेत)
  • दूध (बेबीफूड तथा पाउडरसमेत)
  • तरकारी (आलु, प्याज, गोलभेडा)
  • सबै प्रकारका मासु
  • फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
  • मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)

अन्य आवश्यकीय पदार्थ

  • औषधि
  • बाक्लो कपडा (४० काउण्ट सम्मको धोती साडी समेत)
  • लुगा धुने र नुहाउने साबुन
  • मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
  • रासायनिक मल
  • दाउरा तथा कोईला
  • निर्माण सामाग्रीतर्फ
  • सिमेन्ट
  • फलामे छड
  • कर्कटपाता
  • जिआई पाईप तथा पोलिथिन पाइप
  • ईट्टा
  • काठ

शैक्षिक सामग्रीतर्फ

  • लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
  • न्यूज प्रिन्ट

सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?