पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग

काठमाडौँ, २१ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को प्रदेश नं ३ ले प्रत्येक निर्वाचन क्षेत्रमा एक पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग गरेको छ पार्टीका उपाध्यक्ष विक्रम पाण्डे संयोजक रहेको उक्त प्रदेशको हालै काठमाडौँमा सम्पन्न भेलाले संगठन सुदृढीकरणका लागि नेता तथा कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण, उचित मूल्याङ्कन, अगुवा कार्यकर्ता जनतामुखी हुनुपर्ने सुझाएको छ पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम श्रेष्ठले संगठनलाई सशक्त बनाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोग्न परेको पराजयको समीक्षा गरी स्थानीय तहसम्म जानकारी गराउन माग गरेको जानकारी दिनुभयो पार्टीले लिएको वैचारिक दृष्टिकोण तथा सिद्धान्तमा केही भ्रम उत्पन्न भएको हुँदा त्यसमा पनि प्रष्टता कायम गर्न आग्रह गरिएको छ । हिन्दू राष्ट्रको पक्षमा पार्टी रहेको भए पनि संवैधानिक राजसंस्थाका बारे स्पष्ट दृष्टिकोण लिन नसकेको प्रदेशका केही नेता तथा कार्यकर्ताले आरोप लगाएका छन् पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व नरहेको हुँदा अब सडकबाट जनताको आवाजलाई उठाउनुपर्नेमा जोड दिँदै सो प्रदेशसभामा मनोनित भएका एक सदस्यले प्रभावकारी उपस्थिति जनाउनपर्ने त्यसका लागि पार्टीले सहयोग गर्नुपर्ने बताइएको छ आगामी दिनमा ७५३ स्थानीय तहमा राजनीतिक गतिविधि सञ्चालन गरी संगठनलाई बलियो बनाउने तथा प्रदेश र केन्द्रसँग समन्वय र सहकार्य गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?