सांसद भन्छन्ः प्रदेश ६ लाई समृद्ध बनाएर छाड्छौं

सुर्खेत, २१ माघ – प्रदेश नं ६ लाई समृद्ध बनाएर छाड्ने यस प्रदेशका सांसदहरुले संकल्प गरेका छन् अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय सिँचाइ विकास निर्देशनालयमा आज सम्पन्न बैठकमा सहभागी प्रदेश सांसदले प्रकृतिप्रदत्त स्रोत साधन प्रचूर मात्रामा भए पनि त्यसलाई उपयोगमा ल्याउन नसकेका कारण ६ नं प्रदेश पछि परेको बताए समग्र प्रदेशको समृद्धिका लागि सबै सांसदहरु एक हुनपर्नेमा उनीहरुको जोड थियो । पहिलो ऐतिहासिक प्रदेशसभाको बैठकमा सहभागी हुँदा गौरवान्वित भएको सांसदहरुले बताएका छन् । उनीहरुले १२ लाख जनसङ्ख्या भएको यस प्रदेशमा उपलब्ध जल, जंगल, जमीन, जडीबुटी, खनिज र खानीबाटै समृद्धि खोजिने बताए । उनीहरुले ६ नं प्रदेशको चुनौतीलाई सम्भावनामा बदल्ने संकल्प गरेका छन् कालीकोटका सांसद सोशिला शाहीले पृथ्वीनारायण शाहको योगदानबाट निर्मित देशको स्वाभीमान रक्षा गर्न र यस प्रदेशलाई विकसित प्रदेश बनाउन आफू निरन्तर लागिपर्ने संकल्प गर्नुभयो सुर्खेतका सांसद यामलाल कँडेलले ६ नं प्रदेशको समृद्धि र विकासका लागि सबै सांसदले स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो जुम्लाका सांसद नरेश भण्डारीले ६ नं प्रदेशलाई दुई दशकभित्र सम्पन्न बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो हुम्लाका सांसद जीवनबहादुर शाहीले प्रदेश धनी तर यहाँका नागरिक गरिब भएको बताउनुभयो कालीकोटका सांसद महेन्द्र शाहीले आफ्नै कमजोरीका कारण ६ नं प्रदेश पछि परेको तर्क गर्नुभयो रुकुमका सांसद रातो कामीले प्रदेशको समृद्धि तथा सुखी जनताका लागि भाषण नभई काम गरेर देखाउने र यसका लागि जनताले आफूलाई चुनेर पठाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?