कोरोना बारे जानकारी दिने नयाँ सरकारी वेब पोर्टल एप्लिकेशन आजदेखि सञ्चालनमा

काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थितगर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ । कोरोनाभाइरसका बारेमा सहीजानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजितपत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मीतथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमाउत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमाजानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवालाव्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’उनले भने ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ।

डाँफे हेल्थ डकटकम लगइन गरे पछि कोभिड १९ माक्लिक गरेर डाइरेक्ट लगइन माक्लिक गरी युजर आईडी तथा पासवर्ड बिनालगइनगर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।
उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचनामात्र हुने बताए । पोर्टल लञ्चगर्न सबै तयारी पुरा भएको बताएका आजै पोर्टल लाइभहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?