फिफा वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । फिफा वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ ।

१३ औ दक्षिण एसियाली खेलकुद ९साग०मा विजेता बनेको भारत ५५ औं स्थानमा रहेको छ । दुई स्थान सुधार गर्दै भारतले दक्षिण एसियाली वरीयतामा पहिलो नम्बरमा यथावत रहन सफल भएको हो ।

यस्तै, बंगलादेश १ सय ३४ औं स्थान, श्रीलंका १ सय ४० औं स्थान, माल्दिभ्स १ सय ४२ औं र भुटान १ सय ५४ औं स्थानमा छन् ।
पाकिस्तान भने वरीयता विहिन छ ।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो ,नेदरल्याण्ड चौथो, स्विडेन पाँचौं, इग्ल्याण्ड छैठौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र दक्षिण कोरिया १० औं स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?