कोरोना आशंका गरिएका बिरामीको आयो यस्तो रिपोर्ट !

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंका गरिएका दाङका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ । उनीहरु राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् ।

भारतको गोलगाँउवाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानवाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले शुक्रवार उनीहरु दुबैजनामा कोरोनाको संक्रमण फेला नपरेको जानकारी दिएका हुन् । उनीहरुको डिस्चार्ज तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?