कोरोनासँग लड्न सच्चिन तेन्दुलकरले गरे ८० लाख सहयोग, धोनीले कति ?

काठमाडौं । कोरोनाको महामारीसँग लड्न धनाढ्य व्यक्तिहरुले हरसम्भव प्रयत्न आर्थिक सहयोग गरिरहेका छन् ।

महामारीसँग लड्नको लागि ब्यापारी, उच्च पदस्थ व्यक्ति, धनाढ्य व्यक्तिहरु र खेलाडीका साथै कलाकार र आफ्नो ठाउँबाट आम सर्वसाधारणहरुले सक्दो सहयोग गरिरहेका छन् ।

यसैबीच भारतका चर्चित पूर्व क्रिकेटर सच्चिन तेन्दुलकरले यस महामारीसँग लड्नका लागि नेपाली ८० लाख रुपैयाँ सहयोग गरेका छन् ।

साथै भारतीय टिमका चर्चित खेलाडि एवम पूर्व कप्तान महेन्द्र सिंह धोनीले कोरोनासँग लड्न नेपाली १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सच्चिनले ८० लाख सहयोग गर्दा ८ सय करोड रुपैयाँ कमाउने धोनीले जम्मा १ लाख ६० हजार रुपैयाँ दिएको भन्दै केहि सोसल मिडिया प्रयोगकर्ताहरुले भने, धोनीको खेदो खनेका छन् ।

https://twitter.com/Vishj05/status/1243228698787999746

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?