काठमाडौं । कोरोना भाइरसको त्रासका कारण व्यवस्थापनमा समस्या भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना थुनुवालाई धरौटीमा छाडिदिएको छ ।
हाल अनुसन्धान सकिएका थुनुवाहरुलाई पछि अदालतले ठहर गरे बमोजिम हुने गरी सम्भावित धरौटी रकम लिई उनीहरुलाई छाडिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
हाल आयोगको हिरासतमा करिब २४ जना थुनुवाहरु रहेको भएपनि अनुसन्धान नसकिएको थुनुवालाई भने रिहा गरिएको छैन । नेपालमा कोरोनाको त्रास फैलिएको छ । शुक्रबारसम्म ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया