प्रदेश १ को मुख्यमन्त्री कार्यालय उद्घाटन

विराटनगर, २१ माघ – प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज विधिवत्रुपमा उद्घाटन गर्नुभयो प्रमुख सचिव कोइरालाले आजै पदबहालीसमेत गर्नुभयो । सो अवसरमा उहाँले प्रमुख सचिवको काम कर्तव्यको सम्बन्धमा जानकारी गराउनुहुँदै यस कार्यालयमा दुईजना सचिवसमेत गरी २३ जना कर्मचारी रहने बताउनुभयो उहाँले सातवटा मन्त्रालय रहने र अहिलेसम्ममा चारवटा मन्त्रालयका सचिवका साथै केही कर्मचारी आइसकेको र अन्य कर्मचारी केही दिनभित्रै आइपुग्ने जानकारी गराउनुभयो कार्यालयको उद्घाटनको समयमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?