हेर्नुहोस् २०७६ साल चैत्र १६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र १६ गते । आईतवार । इ.स. २०२० मार्च २९ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– पंचमी,२२ बजेर ३० मिनेट उप्रान्त षष्ठी । नक्षत्र– कृतिका,१२ बजेर ३२ मिनेट उप्रान्त रोहिणी । योग–प्रिती,१५ बजेर ४८ मिनेट उप्रान्त आयुष्मान ।

करण–बव,१० बजेर ०६ मिनेट उप्रान्त बालव,२२ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा धुम्र योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर ५९ मिनेटमा, सूर्यास्त १८ बजेर १९ मिनेटमा । दिनमान ३० घडी ४८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ ।

प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट न्युन धन आर्जन गर्न सकिनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ ।

अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा धेरै नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सानो पुँजीबाट व्यापार शुरु गरी न्युन आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले समयलाई फलदायी बनाउनेछन् ।

अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कीर्तिमानि काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारबाट न्युन लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ ।

दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा मन्दि आउँनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो खटाईका बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभुति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ ।

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ ।

मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला ।

भौतिक सम्पत्ती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ ।

आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यवसायमा मन्दि आउनेछ । विवादित विषयहरु हल भएर जानेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ ।

मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?