हेर्नुहोस् चैत्र १४ गतेदेखी चैत्र २० गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

घरपरिवारका साथ रमाईलो गर्दै घरमै बसेर काम गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडमा यात्रा नगर्नुनै उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ ।

पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । शिक्षा तथा बैंकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ ।

तरपनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । यात्रा भरसक नगर्नु नै राम्रो रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ ।

व्यापार व्यवसायमा केहि मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । शिक्षामा भनेजस्तो नतिजा हात पार्न प्रसस्त समय खर्चर्नु पर्नेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । अफिसियल कामहरु घरमै बसेर गर्नु उचित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार लगानी गर्ने समय रहेको छैन भने कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

पढाई लेखाईमा मन जानेछ भने परिवारका साथ बसेर मिष्ठान्न भोजन गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्तकोमा तथा अन्यत्र नजानुहोला ।

घरायसि सरसफाईमा ध्यान दिनुहोला । भीडभाडको यात्रा भरसक नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समाजसेवीहरुले जनताको कामगरी गर्न सक्नेछन् । व्यापार व्यवसायमा मन्दि आउनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

घरपरिवार तथा आफन्तसँग भेटघाट हुनेछ । तरपनि यात्रा नगर्नुहोला । घरमै बसेर कामहरु गर्नुहोला । सरसफाईमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि सरसफाईमा बिशेष ध्यान दिनुहोला । यात्रा नगर्नुहोला । बाहिरका मानिससँग भेटघाट नगर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । वौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला ।

अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान हात लागि हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तहरु टाडिने तथा पति पत्नीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ । कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ ।

शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ ।

खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छोटो तथा रमाईलो यात्रा स्थगित गर्नुहोला । विवादित विषयमा प्रवेस नगर्नुहोला । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा नभएपनि कृषि तथा पशुपालन व्यवसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ । नातागोताको सहयोगले शुरु गरेको कामहरु स्वतः स्फुर्त रुपमा अगाडि बढ्नेछन् ।

व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी बढेर पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

तरपनि आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । व्पापार व्यवसायमा मन्दि आएपनि खानेकुराको व्यापार फस्टाएर जानेछ ।

राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाई लेखाईमा मन जानेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ । तरपनि आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला ।

स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अन्य व्यापारमा मन्दी आउने भएपनि खानेकुराको व्यापारमा वृद्धि हुनेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ ।

माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । धेरै भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । अफिसियल कामहरु घरमै बसेर गर्नुहोला ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?