देउवा सरकारमा फेरी मन्त्री थपिए, मन्त्रीमण्डल ५६ सदस्यीय

काठमाडौँ, २ असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन ।पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुकोे नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।यो संगै सरकारमा मन्त्रीहरुको संख्या ५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?