‘आइएमई पे’ को नयाँ योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । जस अन्तर्गत सेवाग्राहीले यस्ता किसिमका फाइदा पाउने भएका छन् ।

वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा

आइएमई पेले सुपर वालेट प्रयोग गर्ने सेवाग्राही नयाँ योजना सार्वजनिक गरेको छ । जस अनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउने भएका छन् ।

यसका लागि सेवाग्राहीहरुले वालेटमा १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान् थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नेछन् ।

साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।

टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा:

त्यस्तै यस योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यासब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेको जनाइएको छ ।

५०० रिवार्ड पोइन्टस्को सुविधा :

त्यस्तै यस योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा:

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट सेवाग्राहीको लागि नयाँ योजना सार्वजनिक गरि सहयोग पुर्याउने विश्वास लिएको छ ।
यसैक्रममा सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ ।

देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?