फागुन २ गते अर्को बैठक बस्ने गरि प्रदेश ५ को पहिलो बैठक सकियो

बुटबल, २१ माघ । ५ नं. प्रदेशको प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ आइतबारको बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ । बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले पालैपालो सम्बोधन गरेका थिए । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व, कपिलबस्तु र रुपन्देही जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् आजकै बैठकमा सभामुखले प्रदेश ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियो भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्ताव आइतबार नै पारित गरेर सभामुखको निर्वाचनको मिति पनि तोक्ने तयारी थालेको छ । प्रदेश ५ को प्रदेशसभा बैठक बुटबलस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको थियो । प्रदेशसभाको पहिलो बैठकका लागि भनेर यस हललाई रङरोगन सहित सजाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?