कोरोना भाइरस विरुद्ध लड्न हिमालयन बैंकद्वारा १ करोड २५ लाख सहयोग

काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न सरकारले खडा गरेको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख सहयोग गरेको छ ।

शुक्रवार एक प्रेश विज्ञप्ती जारी गर्दै हिमालयन बैंकले सहयोग गरेको हो ।  वश्वभरि फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केहि व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सो महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गर्न देश र जनता प्रतिको आफ्नो दायित्वलाई मनन गर्दै हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  १ करोड २५ लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?