रोनाल्डोसँग कोलम्बियन मोडलले बिताइन् रात, भनिन् कसरी कट्यो रात !

काठमाडौं । कोलम्बियन मोडल नटाली रिंकनले पार्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोसँग आफूले बिताएको रातलाई सम्झिँदै फोटो शेयर गरेकी छन् ।

रोनाल्डो प्रेमीकाको कुरालाई लिएर त धेरै जसो चर्चामा आई नै रहन्छन् । अधिकांश रोनाल्डोको नाम कोहि न कोहि महिलासँग त जोडिएको नै हुन्छ ।

तर यस पटक भने उनको नाम कोलम्बियन मोडलनटाली रिंकनसँग जोडिएर आएको छ ।

नटालीले रोनाल्डोसँग बिताएको रोमान्टिक रातलाई याद गर्दै कोलम्बियाको एक कार्यक्रममा उनले रोनाल्डोसँगको तीन दिनको च्याटिङ पछि मियामीमा भेटेको बताएकी थिइन् ।

उनले भनिन्, म एउटा रेष्टुरेन्टमा थिएँ । र क्रिस्टियानो रोनाल्डो पनि म भन्दा अगाडिको टेबलमा बसेका थिए । हामीले एक अर्कालाई देख्यौँ र फ्लर्टिङ शुरु गर्यौँ ।

त्यसपछि एक व्यक्ति मेरो नजिकै आएर रोनाल्डोले आफूलाई जान्न चाहेको बताए । कोलम्बियन मोडलले भनिन्, त्यसपछि रोनाल्डोसँग मैले माछा, शी फुड र वाइनको साथै रोमान्टिक डिनर गरेँ ।

मलाई उनीसँग डिनर गर्दा एकदमै खुसी भईरहेको थियो, त्यहि बेला रोनाल्डोले मलाई आएर भने, हेर म कसरी डान्स गर्दछु । उनले रोनाल्डोले नाचेको हेरिन् पनि, वास्तवमा रोनाल्डो एकदमै राम्रो डान्स गर्दा रहेछन्, उनले भनिन् ।

लगभग आधा रात भएपछि उनीहरुले किस गरे । मोडलले भनिन् तर यो मेरा लागि कुनै आश्चर्य भन्दा कम थिएन ।

रोनाल्डोका साथमा भएको लिंकअपको खबर पछि नटालीका इन्स्टाग्राममा फओलर अत्याधिक बढेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?