‘आईआईटी’ का शोधकर्ताहरुले बनाए कोरोना परिक्षण गर्ने किट

काठमाडौं । आईआईटी दिल्लीका शोधकर्ताहरुले कोरोना भाइरसको आषधी पत्ता लगाउनको लागि किट तयार गरेका छन् । नेशनल इन्स्टीट्युट् अफ वायोलोजी पुणेले यस किटको ट्रायल गरिरहेको छ ।

किट तयार गर्नेवाला रिसर्च टिमले यो धेरै थोरै मूल्यमा उपलब्ध हुने र हरेक आय वर्गका मानिसहरुले उक्त किट किन्न सक्ने बताएका छन् ।

यो किटले भाइरसको नयाँ जानकारी परिक्षण गर्नमा सहयोग गर्ने

रिसर्च टिमका प्रमुख प्रोफेसर विवेकानन्द पेरुमलका अनुसार उनीहरुले कोरोना भाइरसको फरक-फरक स्याम्पलको तुलना गरेको र भाइरसको बारेमा फरक-फरक भागको अहम जानकारी किटबाट मिलेको बताएका छन् ।

उनका अनुसार नेशनल इन्स्टीट्युट् अफ वायोलोजी पुणेले त्यहाँबाट अप्रुभल मिले लगत्तै किट देशको लागि अत्याधिक सहयोगी बन्ने बताएका छन् ।

प्रोफेसर मनोज मेननले भने, कसैमा कोरोना भाइरस छ कि छैन भन्ने बारे उक्त किटबाट सटिक जानकारी मिल्ने बताएका छन् ।

उक्त किट आईआईटीको कुसुम स्कूल अफ वायोलोजिकल साइन्सले निर्माण गरेको हो ।

कोरोना भाइरसका सामान्य लक्षण

टाउको दुख्ने

रुघाखोकी लाग्ने

कफआउने

माँशापेशीहरु दुख्ने

हात,खुट्टा वा शरीर कमजोर हुने

यसको लक्षण भने दुई देखि १४ दिनमा शरीरमा देखा पर्दछ ।

लक्षण देखापरेपछि

अत्याधिक खोकी लाग्ने

अत्याधिक टाउको दुख्ने

श्वासप्रश्वासमा समस्या हुने

 फोक्सो सम्बन्धी रोग वा निमोनिया हुने ।

किड्नी फेल वा मृत्यु

अधिकांश मामिलामा कोरोना लागेपछि बिस्तारै आउछ र तीव्र हुँदै जान्छ । यो कुरा डब्ल्युएचओले बताइसकेको छ ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २१ मार्चमा १६हजार ९ सय ११ स्याम्पल लिइएको थियो ।जसबाट ३ सय १५ मानिस कोरोना पोजिटिभ पाइएको थियो ।

भारतमा कोरोना परिक्षणका लागि उक्त निजी ल्याबले मात्र ४५ सय भारतीय रुपैयाँ लिने बताएको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?