कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गरेका हन् । उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् ।

सरकारले कोरोना भाईरसबिरुद्व लड्न सरकारी राहत कोष बनाएको छ । एकद्वार प्रणाली अन्तर्गत राहत रकम संकलन गर्न सरकारले राहत कोष निर्माण गरेको हो । कोरोनाको संक्रमणबाट युरोप लगायतका देश आक्रान्त छन् । यस समय युरोपेली क्लब फुटबलका स्टार खेलाडी लगायतले आफ्नो देशलाई सक्दो आर्थिक सहयोग गरेका छन् ।

ग्लोबल आईकनको रुपमा चिनिएका सन्दीपले सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् । दुई जनाको उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?