कृषि विकास बैंकले यी शाखाबाट सेवा उपलब्ध गराउने

काठमाडौं । एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कृषि विकास बैंकले १०१ शाखाबाट लकडाउनको समयमा समेत सेवा प्रदान गरिरहेको छ ।बिहान ११ बजेदेखि दिउँसो १ः ३० बजेसम्म शाखाहरुबाट निक्षेप राख्ने र नगद झिक्न सकिनेछ ।

काठमाडौंमा पाँच वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । उपत्यकामा रामशाह पथ, बालाजु, मंगलबजार, दुधपाटी भक्तपुर, बानेश्वर शाखा खुल्ला छन् । बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटिएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?