कञ्चनपुरको बेलौरीमा सीमा विवाद

कञ्चनपुर, २१ माघ । प्रदेश नं. ७ कञ्चनपुर पुनर्वास स्थित आनन्द बजारको घटना सेलाउन नपाउँदै फेरी कञ्चनपुरकै बेलौरीमा सीमा विवादको घटना सुरु भएको छ भारतीय सीमासँग जोडिएको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमीमै बाटो फराकिलो बनाउन खोज्दा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो । बेलौरी नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माणका क्रममा नेपाली नागरिकले खेतिबाली लगाई भोग चलन गर्दै आएकोे लालपुर्जावाला जमिनमा बाटो फराकिलो बनाउन खोज्दा भारतीय सुरक्षा बल एस.एस.बी.ले हतियार सहित त्यहाँ आई काम अगाडी बढाउन रोकेको बाटो उपभोक्ता समिति, बेलौरिका कोषध्यक्ष भक्त बहादुर चन्दले बताए यसरी भारतीय पक्षबाट दिन दहाडै नेपाली भूमिमा भारतीयले बलले हस्तक्षेप गरेको देख्दा पनि सरकार मुकदर्शक भएर बसेको स्थानियको आरोप छ वर्षौंदेखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चासो देखाउनु भारतको नांगो हस्तक्षेप भएको स्थानियहरुको भनाइ छ । आफुहरुको प्रयोगमा रहेको दर्ता जमिनमा फराकिलो बाटो बनाउँदा भारतीय पक्षले अवरोध पुर्याउँदा समेत नेपाली प्रशासन मुकदर्शक बनिदिँदा आफूहरू निकै मर्कामा परेको उनीहरुको बताउँछन् सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपालीले खेती लगाएको आरोप भारतीय पक्षले लगाएको छ तर नेपाली पक्षले भने आफुहरुले २०२३ र २४ सालदेखि भोग चलन गर्दै आएको र भारतीय पक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको आरोप छ स्थानिय ८२ वर्षे पीडित वृद्ध धनसिह चन्द हालको पिल्लर सबै नक्कली भएको र ती सबै रातारात भारतीयले एकतर्फी रुपमा खडा गरिएको बताउँछन् । नेपाल सरकारले २०२४ सालमा बसोबास गराउँदा नेपालको सिमा हाल भारतीय सरदारहरुको बसोबास गरिरहेको भारतीय क्षेत्रसम्म भएको तर आज सरकारको निरिह, लाचारपन र चाकडीका कारण आफ्नो लालपुर्जा भएको जमीनमा समेत ठाडो हस्तक्षेप भइरहेको उनको भनाइ छ अहिले विवादित सीमा स्तम्भ नं. ३४ नजिक भारतीय पक्षले नेपाली भूमि र नोमेन्सलाईनमा समेत नेपालीलाई हिड्डुल गर्न रोक लगाएको छ यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिमसिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरि प्रसाद भट्ट, पत्रकारहरु सहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने विषयमा छलफल भएको छ । तर भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष आक्रोशित बनेको छ । तर स्थानीयबासी भने जुनसुकै हालतमा पनि आफ्नो भूमिको सडक फराकिलो बनाउने दिनुपर्ने अडानमा छन् नेपाली जनताको नम्बरी लालपुर्जा भएको जमीनमा भारतीयको ज्यादती असहय भएको र यस्तो दादागिरी अब नचल्ने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । नेपाली भूमिमा भारतको गिद्दे नजर नछाडेमा आफु यसका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तत्पर रहेको बेलौरी नगरपालिकाका उपमेयर चित्र चौधरीले जिकीर गरे सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेलासम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरुबीच अहिले मौखिक समझदारी भएको छ विगत केही साता यता कैलाली र कञ्चनपुर लगायत पश्चिममा भारतसँग जोडिएका सीमा सर्भे गरिरहेको नेपाल र भारतको सिमा सर्भे टोली अहिले कञ्चनपुरको आनन्दबजार–बसही हुँदै दिनापुर र बेलौरीका सीमा नाकामा काम गरिरहेको छ । जनप्रतिनिधीहरुले सिमा टोली आइरहेको बताएता पनि सो क्षेत्रमा रहेका सिमा सर्वेक्षण टोलीहरुले पिल्लरहरुको रेकी कार्य अर्थात स्थिती बुझेर अगाडी बढीरहेको यस दौरान सिमा नंं १९७ देखी २०४ नम्वर सिमासम्म पुग्दा हराएका थुप्रै पिल्लरहरु भेटिएको छ । यसको तथ्यांक लिए पश्चात वास्तविक सिमा स्तम्भहरु खडा हुने सिमा सर्वेक्षक पूर्ण बहादुर खडकाले बताए यसरी समय–समयमा सीमाकै विषयमा नेपाल र भारतीय नागरीकहरुबीच कटुता पैदा भइरहेको छ । भारतीयको हेपाह प्रवृति र नेपाल सरकारको मौनताले यस्तै विवाद हुँदा गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय अनान्द बजार घटना घटेको थियो जसमा स्थानीयवासी गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । नागरिक–नागरिकबीच आपसमा विवाद नसुल्झाई विवाद बढदै जाने हो भने पुन आनन्द बजार घटना नदोहरिएला भनी भन्न सकिन्न । त्यसैले चाँडोभन्दा चाँडो दुवै देशले बेलैमा उच्चस्तरीय पहलबाट समाधान गर्न जरुरी भएको वुद्धिजिवीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?