हेर्नुहोस् २०७६ साल चैत्र १५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र १५ गते । शनिवार । इ.स.२०२० मार्च २८ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– चतुर्थी,२१ बजेर ३४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– भरुणी,१० बजेर ५० मिनेट उप्रान्त कृतिका । योग– विष्कुम्भ,१६ बजेर ०३ मिनेट उप्रान्त प्रिती ।

करण– वणिज,०८ बजेर ५५ मिनेट उप्रान्त भद्रा,२१ बजेर ३४ मिनेट उप्रान्त बव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि–मेष,१७ बजेर १८ मिनेट उप्रान्त वृष ।

काठमाडौंमा सूर्योदय ६ बजेर ०० मिनेटमा, सूर्यास्त १८ बजेर १८ मिनेटमा । दिनमान ३० घडी ४४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ ।

भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ । खानपानमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा साथी भाईसँग भेट हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला ।

स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला ।भीडभाडको यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सिमित स्रोत तथा साधनबाट असिमित आवश्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् ।

दाजुभाई तथा आफन्तलाई विस्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्का विच मनमुटाव हुने तथा पति पत्नीबीचको सम्बन्धमा अविस्वास बढ्नेछ । अन्यत्रै ध्यान जादा पढाई लेखाईमा पछि परिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उच्च तथा विशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।

माया प्रेममा सामिप्यता बढेर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दैनिक कामबीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । माया प्रेममा धोका हुनेछ भने आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खानपान तथा मौसमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ ।

माया प्रेममा धोका तथा अविश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पत्ती तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ । तरपनि भरसक यात्रा नगर्नुहोला । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ । पढाई लेखाईमा सहपाठीहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ ।

स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने मावली पक्षबाट सहयोग पाईनेछ । सरसफाईमा ध्यान दिनुहोला दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा मन जानेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ ।

प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेको छ । तरपनि यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागि केहि दिन कुर्नुनै राम्रो रहनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आमा तथा आफन्तसँग भेट हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागी समय मध्यम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यतित हुनेछ ।

प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुश्किल पर्नेछ ।

परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?