काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेकपा जिल्ला समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै कालोबजारी गर्नेलाई कारवाही गर्ने काममा सघाउँन जिल्लावासीलाई आग्रह गरेका छन् । ‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया