एजी इंलिस हाइस्कुलको २४औं वार्षिक उत्सव सम्पन्न

कञ्चनपुर, २१ माघ । कञ्चनपुरको पुनर्वास स्थित एजी हाईस्कुलको २४ औँ वार्षिक उत्सव विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । एजी मिसनद्वारा मुनाफारहित मानव सेवामा समर्पित हुने उद्देश्यबाट प्रेरित भई यस विद्यालयको स्थापना २०५१ सालमा भएको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुमालको सभापतित्व, केन्द्रिय ए.जी. एन.का अध्यक्ष एवं विद्यालयका वरिष्ठ सल्लाहकार रेभ. जोसेफ श्रेष्ठको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । विशिष्ठ अतिथिको रुपमा क्षेत्रिय ए.जी. एनका अध्यक्ष रेभ. नरीलाल दहित, क्षेत्रिय विद्यालय समितिका अध्यक्ष राजकुमार तामाङ, पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा विष्ट र पुनर्वास श्रोतव्यक्ति शेरसिह विष्टका साथै अतिथिमा विभिन्न विद्यालयका प्र.अ., स्थानिय पाष्टर, शिक्षा प्रेमी र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो कार्यक्रमका बोल्दै प्रमुख अतिथिले विद्यालय सबैको साझा सम्पती भएको र यसलाई राम्रो बनाउन सबै अभिभावकले साथ दिनुपर्ने, यस भेगका गरिब जनताका छोरा–छोरीहरुलाई विज्ञान संकायबाट गुणस्तरिय शिक्षा उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको जानकारी गराउँदै सबैको साथ र सहयोग पाए निकट भविष्यमा विद्यालयलाई उच्च शिक्षामा पुर्याउने आश्वासन दिए कार्यक्रममा छात्रछात्राहरुले रमाइलो शिक्षामूलक स्वागत नृत्यका साथै विविध संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यसै अवसरमा कोरियोग्राफर देवराज तामाङ र नृत्य सहयोगी सुनिता तामाङले पनि प्रस्तुति दिएका थिए । कार्यक्रमको सुरुवात गर्दै प्रिन्सिपल ढक तामाङको स्वागत मन्तव्य र कार्यक्रमको समापन सभाध्यक्ष बलबहादुर कुमालको मन्तव्यबाट सम्पन्न गरिएको उक्त कार्यक्रमलाई विद्यालयका लेखापाल सियाराम चौधरीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?