थारु भलमन्साको स्थानीय तहका हरेक गतिविधिमा अनिर्वाय प्रतिनिधित्व हुनुपर्ने माग

कञ्चनपुर, २० माघ । कञ्चनपुरको पुनर्वासका स्थानीय तहहरुमा आफ्नो प्रतिनिधित्व अनिवार्य हुनुपर्ने भनी थारु समुदायका भलमन्साहरुले माग गरेका छन् पुनर्वास नगरका तदर्थ भलमन्सा समितिले पुनर्वास नगरपालिकाको सभा हलमा आयोजना गरेको कार्यक्रमा नगर प्रमुख जीवनराज थापा लगायत वडक अध्यक्ष र सम्बन्धित निकायमा १३ बुँदे माग पत्र पेश गरेका छन् थारू समुदायको नेतृत्वको रूपमा रहेका थारू भलमन्साहरूले स्थानीय तहमा हुने भेला, गोष्ठी, सेमिनारदेखि विविध सामाजिक कार्य र स्थानीय तह मातहतका संघसंस्थाहरूमा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदाय र पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले समाजमा कुनै पनि कार्य गर्दा होस् अथवा कुनै समस्या आइपर्दा भलमन्सा, बडघर वा महतोहरूलाई सोधपुछ गरी उनीहरूकै सुझाव अनुसार काम गर्ने गर्दछन् स्थानीय तहमा निर्वाचित थुप्रै जनप्रतिनिधिहरू थारू समुदायकै रहेपनि सबै वडाको प्रतिनिधित्व हुने गरी आफुहरूलाई समावेश गर्नुपर्ने माग राखेका हुन् उनीहरूले थारू समुदायमा चलिआएको प्रथा अनुसार न्यायिक कार्य स्वयं थारू भलमन्साको नेतृत्वमा हुनुपर्ने माग समेत गरेका छन् । हाल सम्म राज्यबाट कुनै पनि सुविधा नलिई सामाजिक कार्य गर्दै आएको भएपनि परिवर्तित समय र महंगीले गर्दा राज्य र समाजलाई समृद्ध बनाउन तल्लीन थारू बडघर, भलमन्सा तथा महतौलाई तलब भत्ताको व्यवस्था गर्नु पर्ने माग गर्दै सम्बन्धित स्थानीय तहमा ज्ञापनपत्र बुझाएको भलमन्सा क्षेत्रिय समितिका अध्यक्ष फूलचरण चौधरीले बताए माग पत्रमा माघी, होली र आइतवारी पर्वमा सार्वजनिक विदा दिनुपर्ने, नगरस्तरीय थारू संग्रहालय निर्माण गरिनुपर्ने, सामुदायिक विद्यालयमा अनिवार्य पदेन सदस्य रहने व्यवस्था गर्नुपर्ने, भलमन्साको अभिलेख संकलन गरी राख्नुपर्ने र थारूहरूमा देखिने सिकलसेल, एनिमिया लगायतका विभिन्न रोगहरूको निदानका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नगर भलमन्सा संयोजक सुमन चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?