स्पेनमा बेसहाराहरु सडकमा यसरी रात कटाउँछन् (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व त्रसित बनेको छ । भाइरस फैलिनबाट रोक्नका लागि विश्वले नै बिभिन्न उपायहरु अपनाउँदै आएको छ ।

नेपाल सहित विश्वका केहि देशहरुले भाइरस फैलिन नदिन पूरा देशलाई नै लकडाउन गरेका छन् ।

विश्वका आधा मानिसहरु होम क्वारेन्टाइनमा दिन बिताउन बाध्य छन् । यसैबीच लकडाउनको बेला केहि बेसहारा मानिसहरु सडकको जताततै रात काट्न विवश देखिएका छन् । तर लकडाउनको बेला ति बेसहरा मानिसहरुका लागि सरकारले किन केहि व्यवस्था गरेन ? भन्ने प्रश्न सारा विश्वका मानिसहरुको मनमा परेको छ ।

भाइरसले यो घरवाला हो र यो बेसहारा भनेर त्यसको पहिचान गरेर संक्रमित नबनाउने भन्दै वुद्धिजीविहरुले प्रश्न उठाउन थालेका छन् ।

फ्रान्सका ३२ वर्षीय केभिन स्पेनको बार्सिलोनाको एक सुपरमार्केटमा गितार बजाउँदै गरेको देखिएको छ ।

स्पेनको बार्सिलोनामा ट्रेन स्टेशनको बाहिर एक खाली कार पार्कमा बेन्चमा आफूलाई कम्बर र कपडाले बेरेर बसेका छन् उप सहारा अफ्रीकाका एक व्यक्ति ।

स्पेनको बार्सिलोनामा एक खाली सडकमा कम्बल ओढेर एक व्यक्ति सुतिरहेका छन् ।

स्पेनको शहर बार्सिलोनामा जोस नामक एक व्यक्ति सडक किनारामा सुतिरहेका छन् ।

बुल्गेरियाका ४२ वर्षीय बोरिस स्पेनको बार्सिलोनाको सडक किनारामा एक कम्बल ओढेर सुतिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?