कोरोना अपडेट : मृतकको आँकडा २४ हजार पार, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ७३ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, ५ लाख ३१ हजार ८ सय १९ जनालाई भाइरसको संक्रमण भएको छ भने १ लाख २३ हजार ९ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म १९९ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ८ हजार २१५ जनाको मृत्यु भएको छ ।

चीनमा भने ३ हजार २९२ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ३६५, ईरानमा २ हजार २ सय ३५, फ्रान्समा १ हजार ६सय ९६ र अमेरिकामा १ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?