ॐ हस्पिटलमा कोरोना बिरामीलाई अलग्गै इमर्जेन्सी स्क्रीनिङ रुम र आइसोलेशन वार्डको व्यवस्था

काठमाडौं । काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष ब्यवस्था सहितको उपचार ब्यवस्था गरेको छ । अस्पतालले गरेको बिशेष ब्यबस्था अन्तर्गत अलग्गै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन वार्डमा महामारीका कारण उत्पन्न बिषम अवस्थामा कोभिड-१९ भाइरस संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीका लागि आइसोलेशन वार्ड तत्काल ब्यवस्था गर्नु केहि चूनौतीपूर्ण भएको अस्पतालले जनाएको छ ।

हालको प्रतिकुल परिस्थिति र लकडाउनको अवस्थामा अस्पतालले पिपिई तथा आवश्यक उपकरण औषधि र उपलब्ध जनशक्तिका लागि बिशेष ओरियन्टेसन समेत तत्काल गर्नुपर्ने चूनौतीका कारण केहि ढिलाई हुन गएको समेत अस्पतालद्वारा प्रेशित बिज्ञप्तिमा जनाइएको छ ।

आज काठमाडौं जिल्ला प्रशासनका प्रतिनिधिले ॐ अस्पतालमा उपलब्ध सेवा सुबिधा र जनशक्ति सहित कोभिड(१९ का शंकास्पद बिरामीकालागि गरिएको ब्यवस्थाबारे जानकारी लिनुभएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालका बिशिष्ठ अधिकारीहरुको आकस्मिक बैठकले तत्काल राज्यको निर्देशन अनुसारको ब्यवस्था गर्ने निर्णय लिएको र जस अन्तर्गत शंकास्पद कोरोनाका बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार ब्यबस्था गरिएको समेत जनाइएको छ ।

सो ब्यवस्था अन्तर्गत अलग्गै ३ बेडको इमर्जेन्सी स्क्रिनिङ रुम, बिशेष फिवर क्लिनिकको ब्यवस्था गरिएको र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरिएको अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीद्वारा हस्ताक्षरित सो बिज्ञप्तिमा उल्लेख छ । आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीहरुलाई आवश्यक ओरियन्टेशन सहित तयार अवस्थामा राखिएको र उपचारमा संलग्न स्वास्थ्यकर्कीहरुलाई आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट-पिपिई समेत बजारमा उपलब्ध नभएको अवस्थामा अस्पताल आफैंले स्थानीय बजारमा उपलब्ध साधन श्रोतबाट निर्माण गरी सो को समेत ब्यवस्था मिलाईएको समेत उल्लेख छ ।

यस्तो बिषम घडिमा निजि अस्पतालले हर सम्भव हिसावले राज्य र नागरिकलाई सहयोग गर्ने हो । यसमा सदा झैं ॐ अस्पताल देशको निजि क्षेत्रको अग्रणि स्वास्थ्य सेवा प्रदायकका रुपमा हरदम तयार रहेको प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए ।

ॐ अस्पताल हर तरहले नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको जानकारी गराउन चाहन्छौं । बिभिन्न सञ्चारका माध्यममा ज्वरो आएका बिरामीलाई निजि अस्पतालले उपचार नगरि रेफर गर्ने गरेको समाचारको हकमा, ॐ अस्पतालमा आएका ज्वरोका बिरामीलाई नियमसंगत तरिकाले भर्ना गरी उपचार गरेको अस्पतालको दाबी छ । गत साता काठमाडौंका एक शंकास्पद कोरोना संक्रमित बिरामीको आइसोलेशनमा राखी उपचार गरेर उनको थ्रोटस्वाव परिक्षणका लागि टेकु पठाइएको र स्याम्पल नेगेटिभ आएपछि हिजैमात्र डिस्चार्ज भई घर फर्केका समेत जानकारी गराइएको छ ।

आकस्मिक उपचारमा डिएम गर्नुभएका र सघन उपचारमा डिएम गर्नुभएका बिशेषहरुले नेतृत्व गर्नुभएको देशको अत्याधुनिक सेवा सुबिधा सहितको आकस्मिक उपचार कक्ष र सुबिधासम्पन्न आइसियू समेत रहेकाले संक्रमित बिरामीको उपचार ॐ अस्पतालका लागि त्यति चूनौतीपूर्ण नभएको अस्पतालको दाबी छ । साथमा अस्पतालमा संचालित इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल प्रोग्रामले यसलाई थप सबलिकरण गरेको र इन्फेक्सन कन्ट्रोल नर्सहरुले यसको बिशेष नियमन र निगरानी गरिरहेको अस्पतालले जनाएको छ।

आज दिनभरको प्रयासमा अस्पतालमा आफैले स्थानीय श्रोत साधनबाट ५० वटा पिपिई सेट तयार पार्न सफल भएको र पिपिई निर्माण निरन्तर रहेको समेत अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?