लकडाउनको तेस्रो दिनः साँझमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गरेको छ । लकडाउनको तेस्रो दिनको साँझ काठमाडौं सुनसान देखिएको छ । रातमा सधैँ झुम्नेगरेको काठमाडौंको दरवारमार्ग, जमल तथा ठमेल आसपासका क्षेत्रहरु बेला सुनसान देखिएको छ ।

त्यस्तै अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने काठमाडौंका सडकहरु सुनसान भएका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र देखिएको छ । विभिन्न ठाँउमा कोरोनाको आशंकामा मानिसहरु अस्पताल भर्ना भइरहेको समाचारले मानिसहरु त्रसित भइ आफुलाई घरभित्र नै सिमीत गरेका छन् । भने कति मानिसहरु बाहिर हिडिरहेको र प्रहरीले नियन्त्रणमा लिएको समाचार आइरहेको छ ।

तर केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् रु यो हविगत हामीले व्यहोर्नु पर्यो भने रु त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?