जीवन बीमा गर्दा ख्याल गर्नुहोस् यस्ता कुरा

काठमाडौं । धेरै मानिसहरु बीमा गर्नुपूर्व बीमा पोलीसी (लेख) कसरी छान्ने र कुन आधारमा बीमा गर्ने भन्ने सोच्दैमा समय व्यतित गर्दछन् । अझ कतिपय मानिस त यहि अन्यौलताले गर्दा बीमा गर्ने सोच नै त्यागिदिन्छन् ।

१.आवश्यकता पहिचान

जीवन बीमा पोलीसी खरिद गर्नुभन्दा पहिले आफ्नो आवश्यकताको पहिचान गर्नुहोस । आफु र आफ्नो परिवारलाई कस्तो प्रकारको बीमाको आवश्यकता पर्न सक्छ र प्रिमियको रकम कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा निश्चीत हुनुहोस् । र त्यही अनुरुपको पोलीसी छनौट गर्नुहोस । पोलीसी छनौट गर्दा यसले तपाई माथी आईपर्ने जोखिमको कति कभरेज९भरथेग० गर्न सक्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।

२. पोलीसीको लागी आवेदन

आफुलाई आवश्यक पर्ने पोलीसी छनौट गरिसकेपश्चात तपाईले बीमा कम्पनीलाई आवेदन पत्र दिनुपर्ने हुन्छ । जुन तपाईको बीमा एजेण्ट÷अभिकर्तासंग रहेको हुन्छ । यो आवेदन पत्रमा तपाईको आर्थिक अवस्था, पारिवारीक विवरण, स्वास्थ्य अवस्था जस्ता विषयहरु प्रष्ट रुपमा उल्लेख गर्नु पर्ने हुन्छ । आवेदन पत्रमा तपाईले आफुले इच्छाउने व्यक्ति, आफ्नो पेसा, व्यवसाय जस्ता धेरै कुराहरु खुलाउनुपर्ने हुन्छ । तपाईले आवेदन पत्रमा खुलाएका विवरण हेरेर नै बीमा कम्पनीले तपाईलाई बीमा पोलीसी हस्तान्तरण गर्ने या नगर्ने निर्णय गर्छ ।

३. नियमित रुपमा प्रिमियम तिर्ने

बीमा कम्पनीले तपाईलाई बीमालेख हस्तान्तरण गरिसकेपछि नियमित रुपमा तोकिएको प्रिमियम (बीमा शुल्क) तिर्नुपर्ने हुन्छ । प्रिमियम वार्षिक वा मासिक रुपमा कसरी तिर्ने हो त्यसको ख्याल गर्नुपर्छ । आजभोलि त प्रिमियम तिर्नको लागि अनलाईन माध्यमको पनि विकास भइसकेको छ ।

४. दाबी रकम प्राप्त गर्ने म्याचुरिटी बेनिफिट

बीमीतको मृत्यु पश्चात वा बीमाको अवधिको समाप्ती पश्चात तपाईले रकम फिर्ता पाउने प्रवाधान अनुसार रकम पाउनुहुन्छ । दाबी रकम प्राप्त गर्नको लागि बीमा कम्पनीले तोकेको ढाँचामा आवेदन दिनुपर्ने हुन्छ । यो आवेदन संगै आवश्यक प्रमाणपत्र हरु, बीमालेख, इच्छाईएको व्यक्ति छ भने यस्तो व्यक्तिको सम्पुर्ण विवरण, मृत्यु दर्ता प्रमाणपत्र आदि जस्ता कागजाजहरु आवश्यक पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?