काठमाडौंमा प्रधानमन्त्रीको पत्नी चढेको गाडी दुर्घटनामा

काठमाडौँ, २१ माघ- प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान उक्त दुर्घटना भएको हो पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनाबाट देउवालाई केही भएको छैन गाडीमा भने सामान्य क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?