‘लक डाउन’मा भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने

काठमाडौं । लक डाउन’को गम्भीरतालाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ ।

थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले संयुक्त रूपमा महोत्सव आयोजना गर्ने भएका हुन् ।

‘कोभिड–१९ को महामारीले सिर्जना गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहनका लागि फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सव हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ ।

प्रत्येक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?